लोक सेवा आयाेगको अन्तिम चरण प्रयोगात्मक परीक्षा र अन्तरवार्तामा सम्मलित हुने परीक्षार्थीको मनमा आउने प्रश्नहरु
Ø किताब कुन किन्ने ?
- अन्तिम चरणको पाठ्यक्रम हरी सो पाठ्यक्रम समावेश भएको ।
- पुराना प्रश्नपत्रहरु समेत समावेश भएको ।
- अभ्यासका लागी नमूना प्रश्नहरु संकलन भएको ।
- सरल र सहज तरीकाले प्रस्तुत गरिएको ।
- परीक्षामा आउने सम्भावय प्रश्नहरु समावेश भएको ।
- प्रश्नहरु नदोहरिएको, शुद्ध लेखिएको ।
- परीक्षामा सजिलो र गाह्रो आउछ भन्न सकिदैन । तपाई हामीले पढेका जानेका प्रश्नहरु मध्ये नै आउछ । त्यसैले तयारी गर्दा सबै प्रश्नहरु समावेश गरी अभ्यास गर्नु पर्छ ।
- पाठ्यक्रममा आधारित रही अभ्यस्त हुने ।
- "प्रश्नहरु ग्राह्रो थिएनन् तर सबै बनाउन सकेन" प्राय परीक्षार्थी भन्ने गर्दछन् । त्यसकारण सजिला प्रश्नहरु हतार गरी गलत नगर्नुहोस् । कुनै प्रश्न बनाउन सकिएन भने त्यसको पछाडी लागी समय खेर नफाल्नुहोस् ।
Ø टाईपिङ्ग
कसेरी गर्ने ? कति स्पिड हुनुपर्दछ ? कति स्पिड भयो भने परीक्षामा नाम निस्किन्छ ?
- परीक्षा हलमा टाईपिङ्ग युनिकोड र प्रिति फन्टमा गर्न सकिन्छ । प्रथम हुने आज भोली क.अ. र स.क.अ.को परीक्षामा नेपाली र अंग्रेजी टाईपिङ्ग ४० भन्दा बढी गरिरहेका हुन्छन। आफ्नो सिट सुरक्षिक गर्नुछ भने फुल स्पिड हुनु पर्दछ ।
Ø पुराना
पेपर कहाँबाट खोज्ने हो ?
- पेपरहरु समावेश भएको किताब खरिद गर्ने ।
- ओनलाईनबाट सर्च गरी डाउनलोड गर्ने । जस्तै http://pschelper.com/
- सरकारी सेवाका कार्यरत कर्मचारीहरुसंग सम्पर्क गरी पेपरहरु संकलन गर्ने ।
Ø पाठ्यक्रम
कस्तो छ ?
- लोक सेवा आयोगको कार्यालय वेभसाईटबाट पाठ्यक्रम डाउनलोड गरि समरण गर्ने ।
- पाठ्यक्रममा टेकी अभ्यास गर्ने ।
Ø परीक्षा
हलमा किबोर्ड लग्न दिन्छन कि?
- आजभोली परीक्षा हलमा किबोर्ड लग्न अनुमति दिदैन ।
Ø Ms-Word बाट के-कस्तो प्रश्न सोधछन् ?
- निवेदन, शुभकामना टाईप गरी formatting गर्नु पर्ने ।
- Page Setting, Text & Paragraph alignment, indentation, Paragraph लाई Column मा Create गर्नु पर्ने ।
- Text & Paragraph formatting, Line spacing & Paragraph spacing, Numbering, List गर्नु पर्ने ।
- Picture,Clipart, Shapes, Text box, Drop cap, Hyperlink, header or footer मा file path insert गर्नेु पर्ने।
- Header, footer, footnote, endnote, page number insert गरी formatting गर्नेु पर्ने ।
- Excel sheet insert गरी Calculation गर्नेु पर्ने ।
- Document लाई password राख्नु पर्ने ।
Ø तयारीका
लागी के-के सामाग्री, विषयवस्तु जुटाउनु पर्दछ ?
- अभ्यासका लागी किताब किन्नु पर्दछ ।
- ओनलाईनबाट अध्ययन सामाग्री डाउनलोड गरी अभ्यस्त हुनु पर्दछ ।
- पाठ्यक्रम बमोजिमको अन्तरवार्ताका लागी सेवा समूहसंग सम्बन्धित अध्ययन सामाग्री जुटाई, समसामायिक विषय जानकारी समेत जुटाउनु पर्दछ ।
- समसामायिक जानकारीका लागी ओनलाईन (फेसबुक), रेडियो, एफ.एम., टेलिभिजन नै उत्तम उपाय हुन्छ ।
Ø अन्तरवार्तामा
के कस्ता प्रश्नहरु सोधछन् ? अन्तरवार्ता कति समयको हुन्छ ?
- अन्तरवार्तामा यति समय भन्ने हुदैन । प्राय २० देखि ३० मिनेटको अन्तरवार्ता हुन्छ ।
- सामान्यतया अन्तर्वार्ताको सुरुवातमा उम्मेदवारको नाम, ठेगाना, शैक्षिक योग्यता, पारिवारिक पृष्ठभूमि, उसले गर्दै आएको कार्य, पेशाप्रतिको धारणा, भविष्यको सोचआदि बारेमा प्रश्नहरु सोधिन सक्छ र क्रमशः प्रश्नोत्तरको क्रम अघि बढदै जान्छ । खासगरी उम्मेदवारले सम्बन्धित पदमारही गर्नुपर्ने कार्य, निजामती सेवा बारे, संविधान बारे, जिल्ला बारे, नेपालको भूगोल, समसामियक जानकारी तथा सेवा समुहसँग सम्बन्धित प्रश्नहरु बढी सोधिने हुँदा सोही बमोजिमको तयारीका साथ प्रस्तुत हुने ।
Ø अन्तरवार्ता
समितिमा कति जना सदस्य हुन्छन?
- लोक सेवा आयोगको क्षेत्रीय तथा अञ्चल कार्यालयमा हुने अन्तरवार्ताको लागि सम्बन्धित कार्यालय प्रमुख वा निजले तोकेको निकटतम अधिकृत कर्मचारीको अध्यक्षतामा अन्तरवार्ता समिति गठन हुनेछ । आयोगको क्षेत्रीय तथा अञ्चल कार्यालयको कार्यालय प्रमुख पद रिक्त रहेको अवस्था वा अन्य कारणबाट उपयुक्त देखिएमा उक्त कार्यालयबाट सञ्चालन हुने अन्तरवार्ताका लागी समान श्रेणी/तहको कर्मचारी वा सो कार्यालयको कार्यालय प्रमुख भन्दा ज्येष्ठ कर्मचारीले अध्यक्षता गर्ने गरी आयोगको केन्द्रीय कार्यालयबाट प्रतिनिधि खटाउन सकिनेछ ।
Ø अन्तरवार्तामा
कति प्रश्न सम्म सोध्ने गर्दछन ?
- अन्तरवार्तामा यति प्रश्न सोधने भन्ने हुदैन । प्राय २० देखि ३० मिनेटको अन्तरवार्ता हुन्छ ।
Ø परीक्षा
हलमा युनिकोड टाईप गर्ने कि प्रिती फन्टमा ?
- परीक्षा हलमा युनिकोड अथवा प्रिती फन्टमा टाईप गर्न मिल्छ । युनिकोड टाईपिङ्ग गर्दा राम्रो हुन्छ । प्रिती फन्टमा सेटिङ्गहरु मिलाउनु पर्ने हुन्छ । Alt बटनको थप प्रयोग युनिकोड भन्दा प्रितिमा बढी हुन्छ ।
Ø परीक्षा
हल भित्र के-कसेरी परीक्षा संचालन हुन्छ?
- परीक्षा हलमा दुई राउण्डमा परीक्षा संचालन हुन्छ । पहिलो राउण्डमा नेपाली र अंग्रेजी टाईपिङ्ग सोधिन्छ । द्रोस्रो राउण्डमा Ms-Office बाट प्रश्नहरु सोधिन्छन् ।
Ø परीक्षा
संचालन हुनु अघि के-के गर्ने पर्दछ ?
- लोक सेवा आयोगले सूचना गरे बमोजिम सम्पूर्ण कागजातहरु सहित समयमा उपस्थित हुनु पर्दछ ।
- लोक सेवा आयोगको कार्यालयले परीक्षा संचालन हुनु पूर्व फर्महरु भराउने काममा सहयोग गर्दछ ।
- फर्म भरे पश्चात परीक्षाको लागी तयार हुनु पर्दछ ।
- परीक्षा पश्चात अन्तरवार्ताका लागी कार्यालयले भनेको समय भन्दा अगाडी उपस्थित हुनु पर्दछ ।
Ø कागजातहरु
के-के बोक्नु पर्दछ ?
- लोक सेवा आयोगले सूचना गरे बमोजिम सम्पूर्ण कागजातहरु फाईन सहित समयमा उपस्थित हुनु पर्दछ ।
Thanks sir for sharing your idea to us
ReplyDeleteYour Welcome !
Delete